कोरोनाबाट गोरखा भीमसेन थापा गा.पा १ का एक पुरुषको काठमाडौंमा मृत्यु
२८ भदौ, गोरखा । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट भीमसेन थापा गाउँपालिका १ का ४५ बर्षीय पुरुषको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।
उनी मृगौला सम्बन्धी रोगका साथै पायल्सको उपचारका लागि उनी भदौ २१ गते काठमाडौं गएका थिए । शिक्षण अस्पतालमा उपचारको क्रममा २३ गते कोरोना पुष्टि भएको थियो । पायल्सको शल्यक्रिया गरिसके पश्चात् उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको भिमसेन थापा गा.पा स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए ।



1 Comments